उपत्यकामा ३८ सहित देशभर थप २२४ जनामा कोरोना पुष्टि !

पछिल्लो २४ घण्टामा उपत्यकामा ३८ सहित देशभर थप २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५–१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३र३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २र२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।