सिटौलाद्वारा सांसद पद तथा गोपनीयताको सपथ ग्रहण !

संघीय समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेपछि रिक्त रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फ खसआर्य महिलाको सूचीबाट दुई दिनअघि निर्वाचन आयोगले निर्वाचित गरेको थियो।

प्रतिनिधिसभा सदस्यको रिक्त पदमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सिटौलालाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका छन् ।