प्रधानमन्त्री ओली गौतम निवास भैंसेपाटीमा !

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका छन् । मंगलबार दिउँसो बालुवाटारमा बसेको बैठकमा सहभागी नभएको ओलीले साँझ ७ बजे उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।

उनीहरुबीच अहिले कुराकानी भइरहेको छ । महासचिव विष्णु पौडेल र पत्नी राधिका शाक्यलाई लिएर ओली भैंसेपाटी पुगेका हुन् । गौतमले मंगलबारै ओलीलाई प्रधानमन्त्री र अध्यक्षमा निरन्तरता दिनुपर्नेसहित ६ बुँदे प्रस्ताव दुवै अध्यक्षसामू प्रस्तुत गरेका छन् ।

पार्टीलाई फुट्नबाट जोगाउन भन्दै गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन्। सो प्रस्तावमा पार्टीको एकता महाधिवेशसम्म ओली पार्टी अध्यक्ष र मौजुदा प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म ओलीलाई नै प्रधानमन्त्री बनाउनु पर्ने उल्लेख छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ ।