तास्मानियाले अगष्ट ७ बाट सिमाना खोल्दैछ, तर सबैका लागि होइन !

अष्ट्रेलियाको तास्मानियाले आफ्नो सिमाना आगामी अगष्ट ७ तारिखबाट खुल्ला गर्दैछ । अष्ट्रेलियाका नर्दन टेरेटोरी, साउथ अष्ट्रेलिया र वेष्टर्न अष्ट्रेलियाका लागि खुल्ला गर्न लागिएको यो निर्णय गएको मार्चमा ल्याइएको कडा नियमपछिको पहिलो हो । तर, यात्रीहरुले तास्मानिया भ्रमणपूर्व केही जानकारी भने अवश्य लिनुपर्नेछ । किनकि, अघिअघि भन्दा यो भ्रमण अलि फरक हुनेछ ।

वेष्टर्न अष्ट्रेलिया, साउथ अष्ट्रेलिया र नर्दन टेरेटोरीका बासिन्दाहरुले मेलबर्नबाट चल्ने स्प्रीट अफ तास्मानियामा यात्रा गर्न पाउने छैनन् । यसको अर्थ हुन्छ यात्रुहरुले हवाई मार्गबाट मात्रै आउन पाउनेछन् । यसअघि पनि उनीहरुले जीटुजी पास प्राप्त गर्नुपर्नेछ । पासका लागि यहाँ क्लीक गर्नुहोस्

परीक्षण गर्न अस्वीकार गर्ने यात्रुहरुलाई उनीहरु जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाइनेछ ।

यति मात्र होइन, तास्मानिया प्रवेश गर्न चाहने यी स्वीकृत राज्यका बासिन्दाहरुले गत १४ दिनको आफ्नो यात्रा विवरण भर्नुपर्नेछ । यदि उपलब्ध गराइएको विवरण गलत सावित भएमा १८ सय डलरसम्म जरिवाना वा ६ महिना जेल हुनसक्छ ।

तास्मानियाका प्रिमियर पिटर गुटविनले यी सुरक्षित भनिएका ठाउँहरुबाट आउने यात्रुले पनि विमानस्थलमा अनिवार्य कोरोना परीक्षणमा सहभागी हुनुपर्नेछ । यदि कुनै लक्षण देखिएमा थप परीक्षण गरिनेछ । विमानस्थलमै गरिएको पीसीआर टेष्टको रिजल्ट आउनुअघि उनीहरुले अनिवार्य रुपमा घरमा वा होटलमा क्वारेन्टाईनमा रहनुपर्नेछ ।

परीक्षण गर्न अस्वीकार गर्ने यात्रुहरुलाई उनीहरु जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाइनेछ ।
पछिल्लो समय भिक्टोरियाबाहेक अन्यत्र कोरोना संक्रमणको संख्यामा केही कमी आएको भएपनि पूर्वसावधानी अन्तर्गत क्वीन्सल्याण्ड, न्यूसाउथवेल्स र अष्ट्रेलियन क्यापिटल टेरेटरीबाट यात्रु आउन प्रतिबन्ध कायम राखिएको छ । भिक्टोरियामा बढ्दो संक्रमण दरले यो राज्यलाई सिमाना खोल्ने कुरा अझै कही ढिलाई हुने पक्का छ ।

एकपटक ७ अगष्टमा सिमाना खुल्ला गरिसकेपछिको परिस्थितिको विश्लेषणपछि भिक्टोरिया बाहेक अन्यत्रको लागि सिमाना खोल्ने विषयमा पुनर्विचार गरिनेछ । तर, यस्तो निर्णय १४ अगष्टअघि गरिनेछैन ।
तास्मानिया सरकारका सिमाना प्रतिबन्धका विषयमा थप जानकारी यहाँ प्राप्त गर्न सकिनेछ । <<