पशुपतिनाथको दर्शनपछि कमेडियन कपिल शर्मा आज मुम्बई फर्कदै, कार्यक्रम रद्द भएपनि भ्रमण रद्द गरेनन् कपिलले

व्यस्त शेड्यूलमा नेपालको कार्यक्रमलाई मिसाएका कपिल शर्माले आपूm अन्तिम समयमा कार्यक्रम रद्द भएपनि आराम गर्न र श्रीपशुपतिनाथको दर्शन गर्नका लागि काठमाडौं आएको प्रतिक्रिया दिएका छन् । शनिबार आइपुगेका उनले भने, मेरो घर अमृतसर जान तीन घण्टा लाग्छ यहाँ आउन मात्र २ घण्टा, त्यसैले मलाई यो घरभन्दा नजिक लाग्छ । नेपाल मेरो मनमा घरभन्दा नजिक छ । शनिबार साँझ एफ्टर पार्टी कार्यक्रम राखिएको थियो होटल र्याडीसनमा जहाँ देशका प्रतिष्ठित व्यक्तित्वहरुलाई बोलाइएको थियो । आयोजकले कन्सर्ट हुन नसके पनि यो कार्यक्रम भने रद्द गरेनन् । यसैकारण कपिललाई भेट्नका निम्ति मिडियाका साथै अन्य विभिन्न निम्तालुहरु त्यहाँ थिए । उनीहरुबीच निकै खुलेर कुरा गरेका कपिलले आफ्नो प्रष्टीकरण सर्वोच्च शिखर सगरमाथाको बारेमा पनि दिए । आज विहान कपिलले श्रीपशुपतिनाथको दर्शन गरेका छन् भने केही ठाउँको भ्रमण गरेपछि उनी दिउँसो ३ बजेको फ्लाईटबाट मुम्बई जाँदैछन् । नेपालीहरुको मायाका निम्ति कपिलले धन्यवाद दिएका छन् । उनी भन्छन्, मलाई थाहा छ यहाँ मेरो शो मन पराउने धेरै हुनुहुन्छ । यसैले म तपाईंहरुको निम्ति छिट्टै अर्को कार्यक्रम लिएर आउनेछु । खुब रमाइलो गर्नुपर्छ । एक अर्को प्रसंगमा उनले कार्यक्रम स्थगित हुने कारणबारे आपूm विश्वस्त भएको बताए, सुरक्षाको कारण स्थगित गरिएको हो । त्यहाँ विभिन्न निर्माण सामग्रीहरु जम्मा गरिएको रहेछ । यदि भागदौड भयो भने त यसले बर्बादै हुन्थ्यो । सबैभन्दा पहिलो कुरा सुरक्षा हो त्यसपछि मनोरञ्जन त भइहाल्छ नि । उनको भनाई छ ।