फेसबुकमा भिडियो पोस्ट गर्दै नायिका विजयलक्ष्मीद्वारा आत्महत्याको कोसिस !

साउथ इन्डियन नायिका विजयलक्ष्मीले फेसबुकमा भिडियो पोस्ट गरेर आत्महत्याको कोसिस गरेकी छन् । उनले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेको भारतीय सञ्चार माध्यामले जनाएका छन् । तर उनको ज्यान भने बचेको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको जानकारी दिएकी थिइन् ।

उनले फेसबुकमा भिडियो बनाएर भनेकी थिइन्, केही बेरमा मेरो मृत्यु हुनेछ उनले फेसबुकमा एउटा भिडियो पोस्ट गरिन् । उक्त भिडियोमा उनले भनिन्, ‘यो मेरो अन्तिम भिडियो हो । म विगत चार महिनादेखि सीमान र उनका पार्टीका मानिसहरुका कारण असाध्यै तनावमा छु । आफ्नो परिवारका लागि जिउँदो रहन मैले हरसम्भव प्रयास गरेँ तर यस्तो हुन सकिरहेको छैन । मलाई हरि नादरले मिडियामा असाध्यै अपमानित गरेका छन् । मैले रक्तचापको औषधी खाएकी छु । अबको केही समयमा मेरो रक्तचाप असाध्यै कम हुनेछ र मेरो मृत्यु हुनेछ ।’

वियजलक्ष्मीले भिडियोमा भनेकी थिइन्, ‘मेरो मृत्यु एउटा उदाहरण हुनुपर्छ । म आफ्ना प्रशंसकलाई सीमान र हरि नादरजस्ता व्यक्तिलाई यत्तिकै नछोड्न आग्रह गर्दछु र मेरो मानसिक शोषण गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय दिइयोस् । ’