जिहादीलाई सहयोग गर्ने ट्वीटर सञ्चालक भारतमा पक्राउ, १७ हजार फलोअर्स


isisभारतीय प्रहरीले शनिबार इस्लामिक स्टेट समूहलाई समर्थन गर्ने प्रभावशाली ट्विटर अकाउन्ट सञ्चालक भनि विश्वास गरिएका २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । दक्षिणी नगर बङ्गलौरमा भारतीय खाद्य उत्पादकका लागि काम गर्ने मेहदी मसरुर विश्वासले ट्विटर अकाउन्ट २क्जबmष्ध्ष्तलभकक सञ्चालन गरेको विश्वास गरिएको छ । यस अकाउन्टका १७ हजार ७०० ‘फलोअर्स’ रहेको बताइएको छ । तीमध्ये सिरिया तथा तथा इराकमा इस्लामिक स्टेट समूहका लागि युद्ध गर्ने विदेशी लडाकू पनि परेको बताइएको छ । बेलायती च्यानल फोर न्युजले बिहीबार यस विषयमा समाचार नदिएसम्म उक्त अकाउन्ट सञ्चालन भइरहेको थियो । २क्जबmष्ध्ष्तलभकक बाट आएका ट्विटमा जिहादीका प्रचारप्रसार रहने गरेको र त्यसले यस समूहमा भर्ना हुनचाहने व्यक्तिलाई सूचना दिने गरेको बताइएको छ । साथै यसमा युद्धमा घाइते भएका वा मारिएका लडाकूको प्रशंसा गरी सन्देश दिइने गरिन्थ्यो । प्रहरीले शनिबार बिहानै बङ्गलौरस्थित विश्वासको घरमा छापा मानी निजको मोबाइल फोन, ल्यापटप तथा अन्य कागजात प्रमाणका लागि नियन्त्रणमा लिएको छ । प्रहरी महानिर्देशक आर.एल.पचुआउले एक पत्रकार सम्मेलनमा भरपर्दो गुप्तचर सूचनाका आधारमा मेहदी मसरुर विश्वासलाई निजको एक कोठे निवासबाट पक्राउ गरिएको जानकारी दिनुभयो । विश्वासले सामी विटनेस ट्विटर एकाउन्ट गत केही वर्षदेखि सञ्चालन गरेको, दिउँसो कार्यालयमा काम गरेको र राती इन्टरनेटमा सक्रिय भएको स्वीकार गरेको पचुआउले बताउनुभयो । भारतको सुधारवादी १५ करोड मुसलमान जनसङ्ख्या मध्यपूर्व तथा अन्यत्र जातीय द्वन्द्वमा तानिएको देखिएको छैन । यसो भए पनि भारतका एक विद्यार्थी घर फर्केपछि निजले इराकमा जिहादीहरूका लागि काम गरेको भनी निजमाथि हालै अभियोग लगाइएको छ । विश्वास पक्राउ परेपछि इस्लामी लडाकूले इन्टरनेटमा कट्टरपन्थी मुसलमान युवालाई आफ्नो संस्थामा भर्ना गर्न प्रयास गरेको आशङ्का गरिएको छ । विश्वासले इराक, सिरिया तथा अन्यत्र समस्याग्रस्त क्षेत्रका विषयमा टीभी तथा वेबसाइटमा सूचना सङ्कलन गरी त्यसलाई व्यापक रूपमा वितरण गर्ने गरेको पचुआउले बताउनुभयो । विश्वास विशेष गरि अङ्ग्रेजी भाषा बोल्ने आतङ्कवादीसँग नजिकको सम्बन्धमा रहेको र आईएस समूहमा भर्ना हुन चाहने युवाहरूलाई भड्काउने सूचना उपलब्ध गराउने स्रोत बनेका बताइएको छ । विश्वासको सामाजिक सञ्जालमार्फत प्रचारप्रसारले आईएसलाई एसियाली शक्तिविरुद्ध युद्ध गर्ने लक्ष्यमा सहयोग गरेको पचुआउले बताउनुभयो । मुलुकविरुद्ध युद्ध गरेको भनी विश्वासमाथि प्रारम्भिक मुद्दा दर्ता गरिएको छ । च्यानल फोरले विश्वासले आफ्ना परिवार आर्थिक रूपमा आफूमा भर परेकाले आफूले इराक तथा सिरियामा आईएसको लडाकूमा व्यक्तिगत रूपमा भर्ना नभएको बताए भनी उल्लेख गरेको छ । निजले आफू सबै कुरा छोडी उक्त समूहमा भर्ना हुनजाने अवसर प्राप्त भए आफू भर्ना हुने बताए भनी समाचारमा उद्धरण गरिएको छ । इन्डियन एक्सप्रेसलाई दिएको एक अन्तर्वार्तामा विश्वासले च्यानल फोरका पत्रकारलाई आफ्नो पछि नलाग्ने बनाउन उक्त अन्तर्वार्ता दिएको बताए । आईएस लडाकू समूहले आफ्ना बारेमा प्रचारप्रसार गर्न तथा लडाकूमा भर्ना गर्न सामाजिक सञ्जाललाई व्यापक रूपमा प्रयोग गरेको छ । साथै यस समूहले भयानक हत्याका भिडियो पनि यस्तै सञ्जालमा वितरण गर्ने गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]