सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि !

काठमाडौँ । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट थप ८ जना कोरोना पुष्टि भएको छ । योसँगै सकृय संक्रमितको संख्या १ हजार ७४० पुगेको हो । कैलालीका ७ पुरुष र १ महिलामा संक्रमण पुस्टी भएको स्वास्थ्य निर्देशनालयले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

यसअघि ८ जना संक्रमितको मृत्यु भईसकेको छ । प्रदेशमा हालसम्म ३० हजार ४६९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ४२५ मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । ३ हजार ६९३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार २४६ जनामा परिक्षण गरिएको छ ।