कोरोना लागेका अमिताभ बच्चन स्वास्थ्यलाभ गर्दै, पहिलो रिपोर्ट आयो नेगेटिभ !

कोरोना संक्रमण कोभिड १९ का कारण अस्पताल भर्ना भएका बलिउड स्टार अमिताभ बच्चन तीनवटा टेष्ट नेगेटिभ भएमा केही दिनमा डिस्चार्ज हुने भएका छन् । उनलाई १२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना गरिएको थियो ।

उनको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लगातार तीन वटा परीक्षण नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।अमिताभका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि संक्रमण देखिएको छ।

उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार छोरा अभिषेकको सबै रिपोर्ट नेगेटिभ आएको छ। उनलाई डिस्चार्ज गर्ने तयारी छ। ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन ।