काठमाडौंमा गर्ने भनिएको कपिल शर्माको कमेडी शो किन भयो स्थगित ??


kapilजिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको विषयमा चासो व्यक्त गर्दै कार्यक्रम स्थगित गर्न भनेपछि आयोजक एनसेलले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । करिब १६ हजार टिकट वितरण भइसकेको थियो । अब अर्को कार्यक्रम कहिले गरिन्छ भन्ने विषयमा केही खुलाइएको छैन, किनकि प्रशासनले माघ ८ पछि मात्रै गर्न भनेको छ । बाहिर यस किसिमको समाचार आएपनि भित्री कुरा अहिलेसम्म खुल्न सकेको छैन, केही व्यक्तिले नेपालको विषयमा गलत अभिव्यक्ति दिएका कपिल शर्मालाई खुला कार्यक्रममा आउँदा आक्रमण हुनसक्ने भएकोले यस्तो निर्णय गरिएको अड्कल गरेका छन् भने अर्कोतर्फ, दशरथ रंगशालामा थुपारिएका ईंटा, डण्डी र रोडाढुंगा मूख्य कारण भएको केहीले भनेका छन् । रंगशालाको केही भाग बनाउने भन्दै यतिबेला त्यहाँ ईंटा, ढुंगा रड जम्मा पारिएको छ । २० हजार दर्शक एकैपटक आउँदा र केही भएर हुलदंगा भए यी निर्माण सामग्रीले उल्टो परिणाम दिने आशंकामा प्रशासनले कार्यक्रम सार्न या स्थगित गर्न भनेको हो, एक टिप्पणीकर्ताले बताए । नेपालमा १६ हजार दर्शक अटाउने अर्को ठाउँको व्यवस्था तत्कालै गर्न सम्भव नभएकोले कार्यक्रम हाललाई स्थगित गरिएको हो । एनसेल निकटस्थ एक व्यक्तिका अनुसार अब कार्यक्रमलाई अन्य कुनै जिल्लाको रंगशालामा लैजाने या काठमाडौंकै कुनै खुल्ला स्थानमा गर्ने भन्ने विषयमा छिट्टै निर्णय गरिने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]