गरिबीको चपेटामा रन्किएको कोरोना

हेलो बाबा…हजुर अउँदा मलाई त्यो सिम्रनले लगाएको जस्तै गुलाबि रंगको जामा र चुई चुई बज्ने जुत्ता ल्याईनु है, लगाएर ऊसको घर जान्छु अनि मेरो बाबाले ल्याईदिनु भएको भनेर देखाऊछु अस्ति ऊस्को नयाँ जामा देखाएर तेरो त छैन खुचिगं पर्यो भनि त्यसले मलाई…अनि बाबा हजुर चाडै आऊनु मेरो स्कूल पनि जानु पर्छ है, सबैले “खै तेरो बाबा त कहिले तलाई लिन आऊनुहुन्न त” भन्छन सबैलाई देखाऊनु छ मेरो बाबा धेरै पैसा कमाएर आऊनु भएको भनेर, अनि तिनीहरूको मुख थुन्नु छ मलाई बाबा, पछाडि बाट छोरो दौडेर बाबा मलाई पनि साच्चीकै ऊड्ने खालको प्लेन ल्याई दिनु है…छोरा छोरीका असिमित चाहाना…छोरी थप्दै थि…बाबा यसपाली मामाघर पनि सबैजना जानुपर्छ है अस्ति मामाले अब अर्को चोटी आउँदा बाबालाईनि संगै लिएर आऊनु भनेर आशिक दिनु भएको छ…

हस् यसपाली म आएपछि सबैथोक पुरा गर्छु है…आमाको बेदना बेग्लै… आईज यतै बसेर दुख सुख एकगॉस खाऊला … तँ नहुँदा न चाडबाड मनाऊन सकियो न खुसी हुन सकियो, अब म पनि कतिन्जेलकी पाहुना हुँ तलाई देख्न नपाई मरेंभने आत्माले पनि शान्ति नपाऊला… बिचरा श्रीमानको मन कति रोयो होला,आँसुहरू थामिएनन् होला… फोन काटिए जस्तो छ कान्छाको आवाजनै आएन् फोन म तिर लम्काऊनु भयो आमाले…हेलो ! हेलो..स्वाक स्वाक आवाज़ आईरहेको थियो…जुरूक्क ऊठेर आँगन तिर गए… सुन्नुस् त नानि बाबुका कुराले मन दुखाऊनु भयोकिव क्याहो…लामो सास फेर्दै…छैन…सुन त म आऊन कैले हो थाहाछैन…नानिबाबुलाई बजार लगेर के के भन्छन किन्देऊ है….

मैले किन्देर हुन्न रे बाबाले नै ल्याईदेकै लाऊने रे… (भक्कान्निएर मुटु फुट्ला जस्तै भयो) ऊहालाई थाहा भयो भने झन कति पिडा हुन्छ होला, हतार हतार आशु पुछेर मन दरो बनाए….ए रून लाग्यौ कि क्याहो हँ ??

आऊदा लिएको काकाको रिन् तिर्न सक्या छैन, त्यामाथि यो माहामारि आयो अब के के हुने हो कैले सम्म हुने हो थाहा छैन….कैले काहि त नेपाल आउन नपाई मरीन्छ की तिमीहरू कसैलाई देख्न पाईन्न कि जस्तो पो लाग्छ…

छैन….साना तिना कुराना रूने बानी छुटि सक्यो मेरो…अनि ड्युटि मै होकी कोठामा हुनुहुन्छ ? …ड्युटिमै छु, कोठामा जानै मन लाग्दैन, सबैलाई कोरोना लागेर क्वारेन्टाईनमा छन, बाक़ि हामि ३/४ जना, चेक गर्दा त हाम्लाईनि देखाऊछ होला अलि अलि रूँघा खोकि नि लाछ …. अनि चेक गराऊनु नि किन नगराको ??? के चेक गराऊनु ज-जस्लाई गरायो सबैलाई देखाऊछ, क्वारेन्टाईनमा राख्छ फेरि ड्यूटि पठाईहाल्छ, त्यो भन्दा चेकै नगरि बसो कम्सेकम रेगुलर ड्युटि जान त पाईन्छ…आऊदा लिएको काकाको रिन् तिर्न सक्या छैन, त्यामाथि यो माहामारि आयो अब के के हुने हो कैले सम्म हुने हो थाहा छैन….कैले काहि त नेपाल आउन नपाई मरीन्छ की तिमीहरू कसैलाई देख्न पाईन्न कि जस्तो पो लाग्छ…

चुप लाग्नु के बोलेको तेस्तो…तपाईंलाई केही भयो भने या हाम्रो हालत के हुन्छ….तेसै त श्रीमान विदेशमा छ भनेपछि छिमेकिले त हेप्छन् । याँ कति गार्हो छः मलाई अनि तपाईलेनी तेस्तो कुरा गर्नुभए म मरिदिन्छु बरू सब कुरा बिर्सेर ….

चुप कुटाई खान्छेस अ‍ैले यस्तो बोल्दा…एकछिन् दुबैजाना नमज्जाले रोईएछ!!! ल फोन राखें मैले, आफ्नो छोराछोरि आमाको ख्याल राखेस् मिल्यो भने अलिकति घरखर्च पठाईद्न्छु….पर्दैन ख़र्च पठाऊन बरू घर फर्कि आऊनु….कति एक्ला एक्लै बस्नु यतै मिलेर दुख सुख गरौला…हेलो हेलो ए….फोन त अघि काटिएछ …थाहै पाईन…

हातमा भएको फोन खुत्रूक्क भुईमा झरेछ टिप्ने जॉगरपनि गर्न सकिन्, थुचुक्क पर्खालमा बसे…थुईक्क कस्तो ज़िन्दगी पाए मैले श्रीमानसँगै बस्ने भाग्य नी छैन की क्याहो रुरु अब कैले ऋण तिरी सक्नु….घर बनाऊने त्यो मिठो सपना त सपनामै सिमीत हुनेभो, चुडिएको चप्पल जस्तो भो ज़िन्दगी छ पनि तर लाऊन नमिल्ने…भुईमा झरेको फोन टिपेर म तिर लम्काऊदै भन्दै थि छोरी ,ममि किन टोलाऊनु भाको बाबा आऊनु हुन्न रे ?? भन्नु न ममि….? झसग्ग हुदै…आऊनु हुन्छ रे सबै कुरा मिलाएर चाडै आऊनु हुन्छ…पिर र मनको बेचैनि त मेरा रातका प्यारा साथि भै सकेका थिए…आमा छोरा छोरि लाई खाना पस्केरदिए…छेऊमा भएकोखाटमा पल्टिए ।

बुढी भएकि सासु आमा हुनुहुन्छ भएभरका सबै रोग छन आमालाई…त्यो भन्दा त ऊपचार नै नगरेकै बेस् त्यहाँ माथि यो कोरोना हामी गरिब माथि पहिरोले थिचे झै थिचीरहेको छ ।

हिजो पानी लिन जाँदा पधेरामा छिमेकीहरू घोच्दै थिए…हैन ए भाऊजु कति मरून्जेल काम मात्रै गर्नु हुन्छ है यो साऊनमा त लाऊनु पर्यो नि हरीया चुरा अनि चिटिक्क सारी…दाईकै लागि भएनि, कति त्यै पुरानो गुन्यु/चोलो लाऊनु हुन्छ ? …भएन है यो चाही…..मुसुक्क हासेर कुरा टार्दिए…..आँखा त आशुले भरिएका थिए सायद । कस्लाई रहर हुदैन र नयाँ नयाँ लाऊने, मिठो मिठो खाने…. तर सबैको एउटै स्थिति हुने भए किन आफ्नो परिवार छोडेर बिदेशिनु पर्छ र ? मान्छे लाई मुखमा आएको ओकल्दे पुग्यो ….छोरा छोरि बाज्दै थिए बाबाले ल्याईदेको जुत्ता म तलाई छुन नि दिन्न…..म पनि मेरो खेलौना तलाई दिन्न….सुनेर नि नसुनेझै गरिरहे….आखिर अरू के नै गर्न सक्छु र म ?? गरिब हुनु पनि भगवानले दिएको श्राप नै होला…सायद पहिलो जन्ममा ठुलै कुकर्म गरेकि थिए क्यार…एकजोर लुगाफाटा छोराछोरीलाई हाल्दिन नि दस तिर सोच्नु पर्छ…अस्ति ऊहाले पठाइदेको अलिकति पैसो पनि काकाले करकर गरेको गरेई गरेपछि सबै दिएँ, ऊहालाई त भनेको पनि छैन…उपचार ग़र भनेर पठाईदीनु भएको थियो….पाठेघरमा समस्या भएर डक्टरले अपरेशन गर्नु पर्छ भनेपछि…तर अरूको ऋण लिएर तिर्न नसक्दाको तिखो बचन आफ्नो रोग भन्दा पिडादाईक हुदो रैछ….अनि ऊपचार नै गरेको भएनी सहयोग गर्ने कोई छैन, कस्ले खुवाऊने पकाएर छोराछोरीलाई….? बुढी भएकि सासु आमा हुनुहुन्छ भएभरका सबै रोग छन आमालाई…त्यो भन्दा त ऊपचार नै नगरेकै बेस् त्यहाँ माथि यो कोरोना हामी गरिब माथि पहिरोले थिचे झै थिचीरहेको छ ।

अहिले सम्म त लागेको छैन लागी हाले पनि अस्पताल नजिकै छैन मरिन्छ भन्छन् लागो भने, म मरें भने यी केटाकेटी अनि रोगी आमाको हालत के हुने हो ? ?