कोरियाले नवलपरासीका निम्ति ८० करोड अनुदान सहयोग गर्ने, पाँच गाउँ र एक नगरपालिकामा खर्च गरिने


??????????????????????????स्थानीयस्तरका जनताको जीवनस्तर सुधार ल्याउन ‘नवलपरासीमा समावेशी ग्रामीण विकास’ परियोजनालाई करिब रु ८० करोड अनुदान सहयोग गर्न कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग(कोइका) सहमत भएको छ ।सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र कोइकाका प्रतिनिधि हेइङ्लान जोले उक्त परियोजना सञ्चालन गरी नवलपरासीका पाँच गाउँ विकास समिति र एक नगरपालिकामा कार्यान्वन गर्न सहमति गर्नुभएको हो । उक्त परियोजना नवलपरासीको भुजहवा, गुथीप्रसाउनी, कुदीया, सनाइ र तमसरीया गाविस र सुनौल नगरपालिका जनतामा स्वाथ्य सुविधामा सहज पहुँच पु¥याउने, कृषि तथा सिँचाइ र स्थानीय पूर्वाधारको विकासमा लागू हुनेछ । सचिव डा सुवेदीका अनुसार उक्त आयोजना जनताको सहभागितामूलक तबरले कार्यान्वयन गरिने भएकाले स्थानीय जनताले प्रत्यक्ष लाभ लिई आफ्नो जीवनस्तर सुधार्नेछ । सम्झौताको मितिदेखि नै कार्यान्वयनमा आउने उक्त परियोजना आगामी पाँच वर्षभित्र सम्पन्न हुनेछ । सो अवसरमा कोइकाका प्रतिनिधि जोले उक्त परियोजनामा प्राविधिक तथा विज्ञहरूको सहभागी रहने भएपनि लक्षित वर्गको सबैभन्दा बढी फाइदा लिनसक्ने भएकाले कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]