पीर भविष्यको…

मेरो बूढेसकालमा

मलाई मेरा सन्तानले हेर्छनकी हेर्दैनन् होला 

मैले अन्तिम पल्ट आखा खोल्दा मलाई सम्झेर 

लामों सॉस फेर्छन कि फेर्दैनन् होला

म हिड्दा हिड्दै लठ्ठी भॉचीयो भने साहारा बन्छनकी बन्दैनन् होला

म आतिएर लड़न लाग्दा मछूनी आमा 

भन्छन कि भन्दैनन् होला

म सुनसान घरमा एक्लै हूदा भेट्न आऊछन की

आऊदैनन् होला

म पिडा छटपटाऊदा ऊता सुतेका छोरा बूहारीले चाल पाऊछनकि पाऊदैनन् होला

मलाई यति बुझ्नुथियो आमा संझेर लिन आऊछन कि आऊदैनन् होला

आमा तिम्रो लागी मैले घरमै बनाएको अोखती

भनी ल्याउछन कि ल्याउदैनन् होला

अर्काको देशमा हूर्काए बढाए मेरो देश 

जान्छन कि जादैनन् होला

म मरे भने मेरो मृत शरीर ऊ तै लान्छन कि लादैनन् होला

मेरो शिर थरथर काम्दा मायाले अंगालो 

हाल्छन कि हाल्दैनन् होला

म मरे पछि मेरो नामको दागबत्ती बाल्छन कि

बाल्दैनन् होला

धुन नसकी लगाएका ती मैला लूँगा धुन्छन कि धुदैनन् होला

मैले बालापनमा सुनाएका कथॉ संझेर 

रून्छन कि रूदैनन् होला

मलाई यति जान्नू थियो म अंग्रेज़ी बिर्सेर 

बोल्न लडबडाऊदा नेपाली बोल्छन कि बोल्दैनन् होला