‘हल अफ फेम’मा मेलबर्नका प्रतिभाहरुको जोसिलो प्रस्तुति … उडायो हावाले !

एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको हल अफ फेम कभर सेसनको पहिलो सिजनमा उत्कृष्ट तीनमध्ये पहिलो म्युजिक भिडियो शुक्रबार रिलिज गरिएको छ । एमएनटीभीका जीवन रसाईलीले छायाँकन, सम्पादन र निर्देशन गरेको म्युजिक भिडियोमा ईन्टुमिन्टु लन्डनमा चलचित्रको उडायो हावाले बोलको गीतमा मेलबर्नका प्रतिभाहरुको जोसिलो प्रस्तुति हेर्न पाइन्छ । राहुल गजमेर र स्वस्तिका लामिछानेको अभिनय रहेको म्युजिक भिडियोमा मेलबर्नकै मनोरम दृश्यहरु समेटिएका छन् । सुजन गुरुंग र ज्योति तिवारीले हर्कुलस बस्नेत र निकिता थापाको कभर गरेका छन् ।
अष्ट्रेलियाको युवा पुस्तालाई गायन र मोडलिंग मार्फत सिर्जनात्मकताको विकास गर्न हल अफ फेम कभर सेसन आयोजना गरिएको हो । पहिलो सिजनमा प्राप्त भएका अनगिन्ती आवेदनमध्येबाट तीनवटा गीतका लागि गायक गायिका छनोट भएका थिए । यिनै तीनवटामध्येको पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गायन, भिडियो निर्माणको सम्पूर्ण जिम्मेवारी एमएनटीभी अष्ट्रेलियाले लिएको छ ।
कस्तो छ त मेलबर्नका युवाहरुको जोश ?