संविधान लेखनका सम्बन्धमा चार दलबीच छलफल, सहमति जुटाउन सबै पक्ष लचिलो बन्ने संकेत


????????????????????????????????????????????????संविधान लेखनका विषयमा सहमति कायम गर्न नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल संविधानका विवादित विषयमा सहमति कायम गर्दै निर्धारित समयमै संविधान जारी गर्ने सम्बन्धमा केन्द्रित रहेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवम् नेका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको उपस्थिति रहेको थियो । केही दिनअघिदेखि दलहरुले निर्धारित समयमै संविधान जारी गर्न सहमति जुटाउन आन्तरिक छलफललाई तीव्रता दिइआएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]