आउनुस अपराधकर्मका विरुद्ध हातेमालो गरौं !

कुनै बेला थोरै संख्यामा रहेको अष्ट्रेलियाको नेपाली समाज समयक्रमसँगै बृहत बन्दैछ । जब समाज ठूलो हुँदै जान्छ समाजमा रहेको हरेक संघसंस्थाहरुको पनि दायित्व थपिदै जान्छ । त्यही माथि मिडियाको भूमिका झन् बढी रहन्छ । अष्ट्रेलियाको नेपाली समाजमा केही वर्षदेखिको इतिहास हेर्ने हो भने विभिन्न रुपमा कानुनी अपराधिक गतिविधिहरु बढिरहेका छन् ।

हाम्रो संख्या बढ्दै जाँदा समाजमा भएका कुरितीहरु बढी देखिनु स्वभाविक नै हो तर यो वास्तविकतालाई स्वभाविकनै ठानिरहनु चाँहि सान्दर्भिक नहुन सक्छ । हाम्रो समाजमा देखिँदै गएका गैरकानूनी क्रियाकलाप, कुकर्म र केही व्यक्ति वा समुहबाट भइरहेका अपराधीक गतिविधिबाट मुख्यतः नयाँ विद्यार्थी भाइबहिनीहरु र अन्य व्यक्तिले भोग्नुपरेको समस्यामा हामी मुकदर्शक बन्न सक्दैनौं ।

त्यस्तैले अबको समय आमूल परिवर्तनको हो । हाम्रो संख्या बढ्दै जाँदा समाजमा भएका कुरितीहरु बढी देखिनु स्वभाविक नै हो तर यो वास्तविकतालाई स्वभाविकनै ठानिरहनु चाँहि सान्दर्भिक नहुन सक्छ । एक दशक अघिसम्म हामी सानो समूदायको रुपमा थियौं, तर अहिले स्थिति परिवर्तन भइसकेको छ । समाजमा अपराधको दर बढ्दो छ र यतिबेला हामीले हाम्रो दायित्व पूरा गरेनौ भने समयले हामीलाई पर्खिनेछैन । भविष्यमा हामीले पश्चताप गर्नु बाहेक केही बाँकी रहने छैन । गलत संस्कार वोकेको केही व्यक्ति अथवा समुहको वास्तविकता उजागर गर्न ढिलो गर्नुहुँदैन भन्ने हाम्रो मान्यता छ ।

अष्ट्रेलियाको कानूनको परिधिमा रही यहाँका कानून पालना गराउने एजेन्सीहरुको सहयोगमा यस्ता गतिविधिविरुद्ध लड्नु पर्ने समय आएको छ । एमएनटीभी अष्ट्रेलिया यो दायित्व वहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । हाम्रो एकमात्र उद्देश्य आवाजविहीनको आवाज बन्ने हो । समाजका विकृति, विसंगति र अपराधकर्महरुलाई उजागर गर्दै समाजमा सचेतना फैलाउने हो । यसैले आउनुस् हातेमालो गरौं । अपराधीको डर, धम्की र त्रासमा बस्ने अवस्थाको अन्त्य गरौं । तपाईंहरुको समस्या हामीलाई सूचित गर्नुहोस् हामी सम्बन्धित निकायसँगको सहकार्यमा ति अपराधीहरुलाई कानूनी कठघरामा ल्याउनेछौं ।