मलाला तथा सत्यार्थीलाई नोबेल शान्ति पुरस्कार हस्तान्तरण


kailashपाकिस्तानी स्कुलेबालिका मलाला युसफजईले बुधबार सबैभन्दा कम उमेरकी पुरस्कार विजेताका रूपमा नोबेल शान्ति पुरस्कार प्राप्त गरिन् भने उनले यो पुरस्कार भारतीय बालअधिकारवादी अभियान सञ्चालक कैलाश सत्यार्थीसँग साझेदारी गरिन् छ । नर्वेको नोबेल समितिका अध्यक्ष थोर्बजोर्न जगल्यान्डले एउटी युवा बालिका तथा एउटा प्रौढ पुरुष, एक पाकिस्तानी र अर्का भारतीय, एक मुसलमान तथा अर्का हिन्दु, दुबैले विश्वलाई बढी एकता, मुलुकबीच भाइचारा आवश्यक छ भन्ने सङ्केत गरेको बताउनुभयो । सन् २०१२ को अक्टोबर महिनामा बालिकाको शिक्षाको अधिकारका लागि अडानका कारण तालिवानले गोली प्रहार गरी हत्या गर्ने प्रयास गरिएकी १७ वर्षीय मलाला विश्वव्यापी पहिचान बनेकी छन् । मलालालाई हालसम्म निकै पुरस्कार प्राप्त भएका छन् भने उनलाई संयुक्त राष्ट्र सङ्घदेखि बकिङघम राजप्रासादसम्म प्रशंसा र सम्मान प्राप्त भएको छ । पुरस्कार समारोहको पूर्व सन्ध्यामा उनले आफू एक दिन आफ्नो मुलुकको प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिन् । पुरस्कार समारोहअगाडि मलालाले ओस्लोमा छ देखि १४ वर्षका सात हजार बालबालिकासँग भेट गरिन् । मङ्गलबार उनले एक प्रेस सम्मेलनमा विश्वका धेरै भागमा बालबालिकालाई आईप्याड वा कम्प्युटरभन्दा एक पुस्तक तथा एक कलम आवश्यक भएको बताइन् । साठी वर्षीय सत्यार्थीले हजारौँ बालबालिकालाई दासत्वबाट मुक्त गरेको उनको ३५ वर्षे सङ्घर्षलाई नोबेल समितिले समर्थन गरेको छ । उनले विश्वको एक साताको सैनिक खर्चले सबै बालबालिकालाई कक्षा कोठामा पु¥याउनसक्छ भने आफूले विश्व गरिव भएको स्वीकार गर्न नसक्ने बताए । मलालाले पुरस्कार प्राप्त गरेपछि आफूले प्रत्येक बालबालिकालाई विद्यालय पठाउन निरन्तर सङ्घर्ष गर्ने बताइन् । उनले प्रश्न गरिन् ः ‘‘वयस्कको विश्वले यी प्रश्न बुझ्नसक्छ तर बालबालिका बुझ्दैनन् । युद्ध गर्नसक्ने बलिया मुलुक शान्ति स्थापना गर्न किन सक्दैनन् ? बन्दुक वितरण गर्न किन सजिलो छ र पुस्तक वितरण गर्न किन कठिन ? ट्याङ्क बनाउन किन सजिलो छ विद्यालय बनाउन किन कठिन ?’’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]