भारतीय प्रधानमन्त्री मोदीले ल्याएको पिपलको बोट रोपे राजदूत रञ्जित रेले


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मस्थल लुम्बिनीमा रोप्ने भनिएको बोधिवृक्ष नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आज बिहान रोप्नुभएको छ । भगवान् गौतमबुद्धले ज्ञान प्राप्त गर्नुभएको बोधगयामा रहेको बोधिवृक्षको कलमी बिरुवा राजदूत रेले रोप्नुभएको हो । बोधगयाबाट ल्याइएको उक्त बोधिवृक्ष मायादेवी मन्दिरको पश्चिमपट्टि रोपिएको छ । भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीमा आएर वृक्षरोपण गर्ने कार्यक्रम रहेपनि कार्यव्यस्तताका कारण आफूले रोप्न नपाएपछि आफ्नो तर्फबाट राजदूत रेलाई वृक्षरोपण गर्न पठाएको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिनुभयो । भगवान् गौतमबुद्धको जीवनसँग सम्बन्धित रहेको बोधिवृक्षरोपणले लुम्बिनीको महत्व झनै बढेको कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]