नेपालमै जैविक विषादी उत्पादन, वार्षिक ५० मेट्रिक टन उत्पादन


tableरासायनिक विषादीको प्रयोग बढिरहेका बेला चितवनमा रु १५ करोडको लगानीमा जैविक विषादीको उत्पादन सुरु गरिएको छ । ग्रिन हाइजनिक नेपाल प्रालिले चितवनमा यसरी जैविक विषादी उत्पादन सुरु गरेको हो । यहाँ अहिले वार्षिक ५० मेट्रिकटन जैविक विषादी उत्पादन हुँदै आएको छ । जिल्ला कृषि कार्यालयमा गएको वर्ष दर्ता गरेर भर्खरै ठूलो परिमाणमा औपचारिक रूपमा उत्पादन सुरु गरेको कम्पनीका उत्पादन प्रबन्धक प्रवीण अधिकारीले जानकारी दिनुभयो । “उत्पादनचाहिँ लामो समयदेखि नै सुरु गरिएको हो, तर अहिले दर्ता गरेरै औपचारिक रूपमा विभिन्न जिल्लामा पठाउन थालिएको छ,” उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय मान्यताअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी जैविक विषादी उत्पादन गरेकाले प्रमाणपत्र दिइएको कृषि कार्यालयले जानकारी दिएको छ । गएको वर्ष उक्त कम्पनीका कृषिविज्ञद्वारा स्थलगत अध्ययन गरिएपछि मान्यता दिने काम भएको हो । रु १० करोड लगानीमा अहिले वार्षिक ५० मेट्रिकटन जैविक विषादी उत्पादन हुने गरेको उत्पादन व्यवस्थापक अधिकारीले जानकारी दिनुभयो । झोलमात्रै २० हजार लिटर उत्पादन हुने गरेको छ । धेरै कृषकको माग भएकाले अझै उत्पादन अपुग भएको उहाँले बताउनुभयो । उक्त कम्पनीले १६ वर्षदेखि काम गर्दै आएको थियो । गएको तीन वर्षदेखि जैविक विषादी उत्पादन र परीक्षण गर्दै आएकामा कम्पनीलाई २०७०÷७१ देखि मान्यता प्राप्त भएपछि औपचारिक उत्पादन थालिएको हो । विशेष गरी पूर्वी र पश्चिमी क्षेत्रहरूमा यसको माग बढी छ । पूर्वको चिया बगानमा यसको बढी प्रयोग हुने गरेको बताइएको छ । कृषि कार्यालयका विषादीका जानकार कोमलनाथ वाग्ले जैविक विषादी गुणस्तरयुक्त भएकाले भर्खरै मान्यता दिएको बताउनुभयो । उहाँले जैविक विषादी प्रयोग गरे उत्पादन पनि बढ्ने र माटोको पनि सुरक्षा हुने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]