थप ४२१ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार २६

नेपालमा आज थप ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४२१ जनामा कोरोनाको संक्रमण देखिएको बताउनुभएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ९ हजार २६ पुगेको छ । 

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २३ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७७२ पुगेको छ । पछिल्लो २४ घन्टामा १९४  जना ‘डिस्चार्ज’ भएका छन्। 

अहिलेसम्म ७७ मध्ये ७५ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।