विभेदले निम्त्याएको संहारमा देश नै रोएको बेला…

कोरोनाको कारण संसारभरीकै मानिसहरूको दिनचर्या तहस-नहस भएको कुरा त मैले भनिरहन पर्दैन, पत्रत्रिका,सामाजिक सञ्जाल र विभिन्न अन्य माध्यमबाट हामी सबैलाई अवगत छँदैछ । मेरो पनि दैनिकी पूर्णरूपमा खलबलिएको छ, कामधाम लाई तमाम गर्नुपरेको छ, घरमै बसेर दिन काट्नु बाहेक अरू ऊपाय छैन, बिहान एकछिन हिड्न गयो, नुहाई धुवाई, खाने बन्दोबस्त मिलायो, टिभी हेर्यो… समचार त आजकल सुन्न नि मन लाग्दैन मरेका र बिरामी परेका बाहेक अरू समचार बिरलै आऊछन्…कति हेर्नु वाक्क भैसके,,,

कुरो २७ में को विहान थियो सधै झैं बिहानको कर्म सकेर चिया बनाएर टेबुलमा बसें । चियाको पारखी त बिलकूल होईन म, तर आजकल घरमा बस्दा के खाउँ के खाउँ लागेर अरू भन्दा कालो चियालाई नै जोड दिन थालेकी हूँ, खल्तीको फोन झिकेर फ़ेसबुक खोले बाफ रे कति समाचार आकाहुन दुईदिन नहेरेको त ! तल तिर सार्दै हेर्दै थिए टक्क एउटा हेडलाईनमा आँखा ऊभिए… एक्कासी आंग नै सिरिंग भो … के अरे ??? प्रीयसी लिन गाको प्रेमीलाई दलित भनेर लखेटी लखेटी गाऊलेले मारे रे ? आनि बाँक़ीले ज्यान जोगाऊन खोलामा हाम फालेकाहरू पनि बेपत्ता भएका छन् … गला फूलेर सासै अड्केको जस्तो भयो ,खोलेर पढें के रैछ कुरो भनेर, घटना अलिअघीको नै रैछ, सरर पढ्ने कोसीस गरें सबै त पढ्नै सकिन ! हे भगवान एकाबिहानै के सुन्नुपर्यो नि यी कानले… कुन यगका पशुहरू हुन त्यी पिपासुहरू… मान्छे त भन्न पटक्कै मिल्दैन… कहा यस्तो अत्याचार गर्न सक्छ एऊटा घर या मान्छेले होईन यहाँ त पूरै गाउँ ओईरेको छ… यो त पक्कै सत्य समाचार होईन होला ? बन्द गरेर तल सार्दै गए अरू सनाचार नै छैन त मानिएका टेलीभिजनदेखी पत्रपत्रीकामा समेत त्यै कूरा समेटीएका छन्, संजाल भरी जतातै त्यै भएपछि त पत्याउन करै लाग्यो… मानिसहरू बिरोधमा आक्रोसले खनिएका छन्।

मन तेसै अताल्लीएर आयो जानू कतै थिएन तर, कतै केही बिर्से जस्तो केही चिज हराएजस्तो अथवा कसैलाई खै रुके भन्न बिर्सीएजस्तो, केही छूटे जस्तो मन त्यसै बेचैन छटपटायो ती नरपिचासहरू लाई संझेर यति धृणा जागेर आयोकी रिस पोख्ने ठाउँ नपाएर शरीर बाट चिटचिट पसीना आएजस्तो, कान तातेर राता राता भए…. गर्न त म यहाँ बसेर केनै गर्न सक्ने हो र तरपनि सोच्नुस त म सुन्ने मान्छेलाई यस्तो भयो भने त्यो परीवार मा के बितीरहेको होला, सबैलाई एकपटक सोच्न बाध्य बनायेको छ यो घटनाले। भन्ने र बाहीर देखाउन मान्छे त यहा लाईनमा उभ्याउन सकिन्छ।।। अहीलेको २१ औ शताब्दीमा आएर पनि के को जातभात सबै बराबर हो, जातीत्वका कूरा ल्याऊनेलाई त कारबाही गर्न पर्छ, ईन्टरकास्ट झन राम्रो नी बच्चाहरू एकदम राम्रा र ट्यालेन्ट हुन्छन… भन्न त हामी सबै यही भन्छौं तर आफ्नो होईन अरूकोमा भएको देख्न चाहान्छौं ।


अहँ जानेर बुझेसम्म छोएको खाँदैनौं हामी, उस्तै परे हाम्रा आफ्ना सन्तानले मित्रता गासेको पनि औधी चाहान्नौ तर किनरु किनकी आफ्नो परिवारमा त ,अजात भित्र्याऊन त परै आजोस सोच्न नी पाईन्न, समाज ले के भन्छ रुरु ईज्जत गै हाल्छ नी… यी यस्ता कुरामा थिचोमिचो हुने प्रायः हामी पढेलेखेका र बुद्धिमानी मानिने अनि धनी परीवारकै घरबाट सुरु. हुनेगर्छ । खै किन हामी समाजलाई औंल्याउछौं रुरु आखिर हामी पनि त्यै समाजको एऊटा हिस्सा होईन र रु सोच हाम्रो.. अरूसंग तुलना गरेर… अनी समाजको तर्फबाट सोच्छौं हामी, उसले यस्तो भन्यो भने … त्यसले तेस्तो भन्यो भने भनेर…,भनिन्छ नि … अनपढ र गरीब भएपछि यस्ता समस्या र अन्धविश्वासका रथहरू कुद्छन् तर वास्तवमा हामी उल्टो बुझीरहेका छौ, किनकी ति अनपढ र गरीबले कस्का कुरा विस्वास गर्छन् तरु हामी आफूलाई सबै जानेका भनौदा पढेलेखेकाबाट तय गरीएका कुराहरूलाई हैन र? त्यसैले त गाउँमा गाविस अध्यक्ष चुनिएका छन्… भोट हालीहाली चुनाव जिताएर गाउँको प्रतिनिधि छान्छन्, पढे लेखेको सबै जानेको छ समाजमा हुने कुरीती हटाएर समाजको हितका लागी लड्लान भनेरै होईन र रु नत्र किन चाहियो अगुवा, किन चाहियो विज्ञ मान्छे … समाजलाई उन्नति हैन दुर्गतितिर धकेल्छ भने । त्यसैले सोच पहीले हामी प्रत्येक व्यक्तिले परीवर्तन गरौ, उसले त गरेन ।

यस्ता सोचहरू समाजमा विकृति फैलाऊने धारीला औजार मात्र हुन भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि किन रोक्न सकिन्न ? आखीर के ले बाँधीरहेको छ यो विषको पोको जस्तो हाम्रो सोच।

मैले विचार परिवर्तन गें भने लोकले मलाई के भन्ला भन्ने सोच्न थालियोभ ने त यो समाजमा हुने भेदभावको समाधान कहिल्यै पनि हुन सक्दैन । अरूको होहल्लामा लागेर हुनैपनी काम गरे भविष्यमा पश्चाताप वाहेक अरू केही हाँसिल हुन सक्दैन, त्यसैको ज्वलन्त उदाहरण त रूकूम घटनालाई लिन सक्छौ जसले १ को नभई ६/६ कलिला अनि सपनाका बिरूवा रोप्न लाग्दै गरेका ति नेपाल आमाका सन्तानले अकालमा ज्यान गुमाउनुपर्यो । कती थिए होला तिनका बुवा आमाका सपनाहरू, कठै ! बुढेसकालमा टेक्ने लौरो भाँचीयो,
जति रोए कराए पनि फर्कन्नन् ति बचेराहरू, नौ महिना गर्भमा राखेर जन्माएकी आमाको मन कति चिच्यायो होला, बेचैनका ति रातहरु छटपटाहटमा कसरी गूज्रीरहेका होलान ? छोरा छोरी बिनाको बाँकी ज़िन्दगी अब ति परीवारले कसरी अघि सार्लान ? के बितीराको होला ऊनिहरूलाईरु अनि ति भर्खरै पलाऊन सुरूभएका जोडीका सपनाका पालुवाहरु कसरी आफ्नै परीवार र त्यो पापी समाजले चरक्कै जरैदेखी उखेलेर फाल्न सक्यो, कापेनन् तिनका हातहरूरुरु सोचेनन कसैले भोली त्यै परिवेश उनीहरुको घरमा आईलाग्दा के तयार छन् ? समाजको अत्यचार हाँसी हाँसी सहनरुतयार छन ? त्यसरी नै लखेटी लखेटी अनि ढुंगाले हानी हानी समाजको तिरस्कारलाई सहन नसकि गंगा माताको काखमा हामफालेर मृत्युको भिख माग्न बाध्य हुनलाई ? सोच्नुहोस् त अब आऊने चाडबाडमा सबै परीवार बसेर मान्ने हाम्रो संस्कृती छ, टाढा टाढा गएकाहरूपनि आफ्नै परीवार खोज्दै आऊछन् संगै बसेर खुसी साट्न अब कसरी र काहाबाँट आउँछ खुसी ती घरहरूमा ? भत्काईदिएन ? त्यो कहाली लाग्दो पापी दुनियाले, परीवारको खुशी, उमंग र हौसला पलाऊने बाचाहरू, सबै आशाहरू सदासदाका लागी मेटीए, पूछिए ती चेलीबेटीका निधारका खुशीसँगै सजाईएका भाईटिका लाऊने सपनाहरू, सबकुरा रित्याएर बलिन्धर धारा आँशु झारेर बसेका ती दीदी बहिनी अनि आमा बा का सून्निएका आँखाहरू र छिया छिया भएका मुटु लिएर बसेकाहरूलाई देख्ता रमाईलो लाग्ला त ?

हामी पल्लो घरमा बसेका माथिल्लो जात भनाऊदाहरूलाई, एकैछिन उनीहरूको खुट्टामा उभिएर हेरौं त । अहँ सहन सकिन्न होईन त ? संसार काहाँबाट कहाँ पुगिसक्यो । नयाँ कुराको आविष्कार गरेर नयाँ नयाँ वस्तुहरू ऊत्पादन गरेर दुनियाँलाई आफ्नो देश चिनाउन लागीपरेका छन् अरू देशहरू, छोरा छोरीको सपना पूरा गर्न ज्यान दिँदैछन् बाँकी दुनियाँ, छोरा छोरीलाई दक्ष बनाउन देश बिदेशबाट मान्छे झिकाउँछन… कुन कुरामा अघि बढ्न चाहन्छन् आफ्ना सन्तान त्यसैमा जोड़तोड़ लागी परेका छन्… तर यता हामी एउटा कुरूप सोचलाई यो दिमागभित्र पालेर बसेका छौ अनि कैले होलान् हाम्रा छोरा छोरीका सपना साकार ? जब हाम्रो समाज अनी परिवारमा सहज वातावरण ल्याऊन सकिन्न, अनि जब लुकीलुकी डराई डराई गर्नुपर्छ आफ्ना सपनाहरू पूरा गर्नलाई तबसम्म डगमगाउँदैनन यी अन्धविश्वास र कूरीतीहरू… यो समाजमा । किन उखेल्दैनौं हामी त्यी पापका रूखहरू जरैदेखी ? यस्ता सोचहरू समाजमा विकृति फैलाऊने धारीला औजार मात्र हुन भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि किन रोक्न सकिन्न ? आखीर के ले बाँधीरहेको छ यो विषको पोको जस्तो हाम्रो सोच। मानिसहरूले बिभिन्न माध्यम मार्फत जनचेतना जगाईरहदा पनि राम्रा कुरा सिक्न अनि हाम्रो जीवनमा ल्याउन किन चुकिरहेका छौं हामी ?