सुशान्तको आत्महत्या नभएर योजनाबद्ध हत्या भएको कंगनाको आरोप !

बलिउडकी अभिनेत्री कंगना रनौतले अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको योजनाबद्ध रुपमा गरिएको अपहेलना भएको बताएकी छिन् । कंगना रनौत टिम नामक ट्वीटर एकाउन्टमार्फत भिडियो सार्वजनिक गर्दै उनले सुशान्तलाई जसरी ‘कमजोर मनोबल र कमजोर दिमाग भएको’ भनेर व्याख्या गरिएको छ, त्यो गलत भएको बताएकी छन्। उनले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो र्‍याङ्कमा आएर छात्रवृत्ति पाएका थिए। उनले त्यत्रो संघर्ष गरेका छन् उनको दिमाग कसरी कमजोर हुन सक्छ रु’

उनले भिडियोमा भनेकी छन्, ‘सुशान्त सिंह राजपूतको मृत्युले हामी सबैलाई त्रसाएको छ । तर कोही मानिसहरु जो अफवाह फैलाउन एकदमै जान्ने छन्, उनीहरु भन्दैछन् की सुशान्त मानसिक रुपमा कमजोर थिए र डिप्रेशन भयो अनि आत्महत्या गरे। जुन युवा र्‍याङ्क होल्डर थिए, इन्जिनियरिङमा छात्रवृत्रि पाएका थिए उनको दिमागलाई कसरी कमजोर भन्न मिल्छ?’

कंगनाले अगाडि भनेकी छन्, ‘उनको पछिल्लो पोस्टहरुमा यो कुरा स्पष्ट भनिएको छ की ‘प्लीज मेरो चलचित्र हेर।’ अन्तर्वार्तामा पनि उनले भनेका छन्, ‘यो इन्डस्ट्रीमा मेरो कुनै ‘गड फादर’ छैनन्, मलाई यहाबाट निकालिन पनि सकिन्छ। मलाई यो इन्डस्ट्रीले अपनाएको छैन, म किन यहाँको जस्तो अनुभव गर्न सकिरहेको छैन रु’ उनको यो भनाईमा केही तर्क छैन रु’
यस्तो छ उनको भनाई –