पाण्डेडाँडामा सुमो जीप दुर्घटना, चालकसहित ६ जनाको मृत्यु


logo_1काठमाडौँबाट हेटाँैडातर्फ जाँदै गरेको ना१ ज २४६७ नंको सुमो जिप हेटाँैडा–कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–५ पाण्डेडाँडामा आज अपराह्न दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ सीतापाइला गाविस–२ का चूडामणि लुइँटेलको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो । त्यस्तै अन्य मृतकमा उनकी श्रीमती गीता, हेटौँडा उपमहानगरपालिका–४ का कोपिला पौडेल, वडा नं ५ की होमकुमारी न्यौपाने, वडा नंंं ३ का सुमोचालक किशोर श्रेष्ठ र एक जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]