लकडाउनमा मन बहलाउने आइकनफेस, के के गर्न मिल्छ ?

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली युवाहरुले नयाँ एप सार्वजनिक गरेका छन् । आइकनफेस नाम दिइएको यो एपमा कोरोना महामारीका कारण लकडाउनले घरमै बसिरहेकाहरुलाई लक्षित गरिएको छ । असनेप आइटी सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एपमार्फत प्रयोगकर्ताले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने व्यत्तिले आफ्नो नामलाई गोप्य राख्न सक्ने व्यवस्था छ । एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन् । आफ्ना मनका कुरा एपमार्फत व्यक्त गरेर मन हलुका बनाउन सक्छन् । एपमार्फत आफ्नो नाम लुकाएर आफ्नो समस्यामा सल्लाह सुझाव समेत माग्न सक्नेछन् । लुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले लकडाउनमा समयमा घरमा नै बसिरहेका मानिसहरु लागि एप समय बिताउने माध्यम बन्न सक्ने बताए ।