दलित हत्याको विरुद्धमा अष्ट्रेलियाको मेलबर्नबाट दिपेन्द्रजंग शाहको सशक्त आवाज !

गायक दिपेन्द्रजंग शाहको आवाजमा हालै दलित भएकै कारण हत्या गरिएका नवराज विकको सम्झनामा जान्छु माया भेरी तरेर बोलको गीत सार्वजनिक भएको छ । एमएनटीभी अष्ट्रेलियाको प्रस्तुतिमा निर्मित गीत दिवसजंग शाहले लेखेका हुन् । यो गीतको संगीत संयोजन जगदिपसिंह खातिले गरेका हुन् । मेलबर्न शहरलाई पृष्ठभूमिमा राखेर गाइएको गीतमा नवराजको भावनालाई समेट्दै भनिएको छ, कालो रगत अर्को जन्म रातो भैदिओस् । म्युजिक भिडियोको निर्देशन जीवन रसाईलीले गरेका हुन् । भिडियो निर्माणमा ग्रेस ईन्टरनेशनल र काठमाडौं कटेजले साथ दिएका छन् ।
पूरै गीत यहाँ हेर्न सक्नुहुनेछ