मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!

गत साता अष्ट्रेलियाको भिक्टोरियास्थित मिल्डुरामा नेपाली विद्यार्थीमाथि कुटपिट भएको विषयमा घटनाका आरोपी जोन घलेले एक विज्ञप्ति प्रेषित गर्दै आफ्नो भनाई सार्वजनिक गरेका छन् । यसअघि एमएनटीभीसँग कुराकानीमा काम गर्ने क्रममा विवाद हुँदा धकेलाधकेल भएको हो भनी प्रष्टिकरण दिएका उनले वकिल लगाएकै एक विज्ञप्ति प्रेषित गरेका छन् ।
घले हार्भेष्टिंग कम्पनीको नाममा आफ्नो हस्ताक्षरसहित विज्ञप्ति पठाएका उनले दिपेन्द्रलाई मिडिया प्रोपोकाण्ड (प्रोपोगाण्डा ?) गरिरहेको आरोप पनि लगाएका छन् ।
यस्तो छ घलेको प्रेस विज्ञप्ति –

यसैबीच, हामीले पीडित विद्यार्थी दिपेन्द्र धमलासँग सम्पर्क गर्दा उनले घटनालाई भिक्टोरिया प्रहरीले हेरिरहेको र अष्ट्रेलियामा गलत गर्नेले सजाय पाउनेमा आफु विश्वस्त भएको बताए । उनले भने, “घटना के भएको हो ? कसले कसलाई कुटेको हो अनि त्यसबाट मेरो शरीरमा, मानसिक रुपमा कस्तो असर परेको छ सबै चिकित्सकहरुले बताइहाल्छन् । मेरो एकमात्र उद्देश्य भनेको काम गर्ने ठाउँमा हुने दुव्र्यवहार कुनैपनि हालतमा स्वीकार्य हुँदैन भन्ने हो । अझ नेपालीले नै नेपालीलाई गर्ने यस्तो दुव्र्यवहारले निकै पीडा दिँदो रहेछ । दोषीले सजाय पाउनुपर्छ अरु मलाई केही भन्नु छैन ।”

यसअघिको समाचार पढ्नुहोस् –

https://139.180.165.176/australia-largest-nepali-news-portal/40789/