नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !

न्यूजिल्याण्डमा बसोबास गर्ने नेपालीमूलका न्यूजिल्याण्डरको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सिमाना मिचेकोमा खबरदारी गर्दै ज्ञापनपत्र पठाइएको छ । प्रबासी नेपाली एकता मञ्च न्यूजिल्यान्डले भारतीय दुताबास व्लिङटनमार्फत मोदीलाई नेपाली सीमा नमिच्न खबरदारी गरेको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुँदै कैलास मानसरोबर जाने नयाँ खोलिएको बाटोमा नेपालको भूभाग परेको भन्दै तत्काल सबै क्रियाकलाप बन्द गर्न भनिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको र सुगौली सन्धि लगायत दस्ताबेजले उक्त भूभाग नेपालको भएको प्रमाणित गर्ने भन्दै त्यहाँबाट फिर्ता जान पनि माग गरिएको छ । प्रवासी नेपाली एकता मन्च न्यूजिल्यान्डका अध्यक्ष आत्मा राम खनाल र सचिब मिलन जिसिले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । नेपालीहरु उपस्थित भई पत्र बुझाउन खोज्दा नमानेपछि हुलाकमार्फत पठाइएको पत्रको विवरण यस्तो छ-

Embassy-letter-1