संविधान निर्माणको आधार विगतको सहमति र सम्झौता– मोर्चा


prachanda1एकीकृत नेकपा९माओवादी०को नेतृत्वमा रहेको संविधानसभामा प्रतिनिधित्व गर्ने २० दलीय मोर्चाले संविधान निर्माणको आधारका रूपमा विगतमा भएका सहमति तथा सम्झौता नै भएको ठहर गरेको छ । एमाओवादीको संसदीय दलमा बसेको मोर्चाको बैठकले बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न समयमा भएका सहमति तथा सम्झौताका आधारमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । बहुमत तथा अल्पमतको विषय संविधान निर्माणको क्रममा आउन नहुनेमा ध्यानाकर्षण गराउँदै मोर्चाले आधारभूत विषयमा सबैको सहमति तथा समान धारणा बनाउनुपर्नेमा सत्तारुढ दललाई ध्यानाकर्षण गराएको छ । संविधानको विषयमा मोर्चाभित्र समान धारणा बनाउन एमाओवादीका महासचिव कृष्णबहादुर महराको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदनसमेत बैठकमा पेस गरिएको थियो । प्रतिवेदनमाथि सुझाव दिने क्रम आज नसकिएका कारण सोमबार पुनः बैठक बस्ने र मोर्चाको अवधारणालाई अन्तिम रूप दिइने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । “संविधान सबैले अपनत्व महसुस गर्ने खालको बनाउनु पर्छ । कुनै दलको घोषणापत्र जस्तो हुनुहुन्न भन्नेमा हामी केन्द्रित छौं, सोही आधारमा अवधारणा तयार हुन्छ”¬ अध्यक्ष महतोले भन्नुभयो । यस्तै संविधानसभामा नभएका दलहरूसमेत सहभागी २२ दलीय मोर्चालाई पनि सशक्तरूपमा अगाडि बढाउने तथा सदन र सडकमा सहमतीय संविधान निर्माणको लागि दबाब दिने निर्णयसमेत बैठकले गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]