संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय

संविधान संशोधनको विषयमा थप छलफल गर्नका लागि नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति बनाउनका लागि आज सर्वदलीय बैठकको बोलाउनु भएको थियो । सो बैठकमा नेपाली काँग्रेसले त्यसको बारेमा थप अध्ययन गर्नुपर्ने भएकाले समय माग गरेको नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । 
जनता समाजवादी पार्टीले पनि संविधान संशोधन प्याकेजमै गर्ने कुरा उठाएको थियो । जसपा नेपालको तर्फबाट बोल्नु हुँदै नेता महन्थ ठाकुरले नक्साको बारेमा संविधान संशोधन हुन लागेको छ त्यसमा आफूहरूको कुनै अपत्ति छैन तर त्योसँगै आफूहरूले विगतदेखि उठाउँदै आएको माग समेटदै प्याकेजमै संविधान संशोधन हुनेपर्ने कुरा राखेको जसपा नेपालका नेता शरतसिंह भण्डारीले बताउनुभयो ।
बैठकमा राष्ट्रिय दलका शीर्ष नेताहरूको सहभागी हुनुको सार्थ पूर्व प्रधानमन्त्रीहरूको पनि उपस्थिति थियो ।