चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !

चीनको राष्ट्रिय दैनिक चाईना डेलीले आफ्नो प्रकाशनमा एक कार्टुनलाई समावेश गर्दै अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भएको देखाएपछि यो विषय यतिबेला चर्चामा छ । यसमा कार्टुनिष्ट लुओ जीले यसम्यान टु वन, लायर टु अल भन्ने क्याप्सन राखेका छन् । जसको अर्थ अष्ट्रेलिया अमेरिकाप्रति वफादार र विश्वका सबैप्रति झुठो भएको बताइएको छ । अष्ट्रेलियाले कोरोना भाईरसको उत्पत्ति कहाँबाट भएको हो यसको छानविन हुनुपर्छ भनेर माग गर्दै अमेरिकालाई समर्थन गरेपछि यतिबेला चीन रुष्ठ छ र उसले विभिन्न अष्ट्रेलियन उत्पादनहरमा चर्को कर लगाउने निर्णय गरिरहेको छ । यही पृष्ठभूमिमा सरकार नियन्त्रिण मिडियाहरु पनि अष्ट्रेलियाको विरोधमा लागेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाईरस भनेपछि सुरु भएको यो विवाद बढ्दै जाँदा अष्ट्रेलियामा निश्चित समूदायकाप्रति घृणापूर्ण व्यवहार हुने क्रम पनि बढेको देखिएको छ ।