फोर्कलिफ्टको ठक्करबाट ९ महिनाको बालक घाइते, अवस्था गम्भीर


forkभिक्टोरियाको एउटा सवारीका साधनको पार्टपूर्जा कारखानामा रहेको फोर्कलिफ्ट ९सामान उठाउने यन्त्र० ले लाग्दा एक ९ महिने बालक गम्भीर घाइते भएको छ । घाइते जीलोंगमा रहेको उक्त कारखानामा घाइते भएपछि बालकलाई तत्कालै रोयल चिल्ड्रेन्स हस्पीटल पुर्याइएको थियो । जहाँ उपचार जारी छ र उसको अवस्था चिन्ताजनक भएको बताइएको छ । यतिबेला प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले अहिले नै कसरी दुर्घटना भयो र यस समयमा कसले त्यो फोर्कलिफ्ट चलाइरहेको थियो भन्ने विषयमा जानकारी दिन अस्वीकार गरेको छ । अर्कोतर्फ, बालक कसरी त्यहाँ पुग्यो भन्ने गम्भीर प्रश्नको उत्तर पनि खोजिँदैछ । घटना हिजो साँझ ६ः३० बजेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]