फोटो खिचाउनेक्रममा खोलाको डिलबाट खसेर मृत्यु


morangमोरङको मधुमल्लाबाट स्थानीय नुनसरी खोलामा पिकनिक गएका एक व्यक्तिको आज फोटो खिचाउनेक्रममा खोलाको डिलबाट खसेर मृत्यु भएको छ । मोरङको टाँडी गाविस–६ र इलाम जिल्लाको साक्फारा गाविस–२ को सिमानामा पर्ने नुनसरी खोलाको डिलबाट लडेर मधुमल्ला–२ का गोपीकृष्ण ढुङ्गेलको मृत्यु भएको हो । साथीहरूसँग फोटो लिनेक्रममा अचानक खोलाको डिलबाट खसेर गम्भीर घाइते भएका उनलाई न्युरो अस्पताल विराटनगर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]