प्रश्नपत्र बेच्ने गोल्डेनगेट कलेजका निर्देशक आयोगको फन्दामा, प्रश्नपत्र आउट भएपछि परीक्षा स्थगित÷परीक्षा यही मङ्सिर २७ गते


akhtiyarअख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयले सञ्चालन गरेको एमबिबिएसअन्तर्गतको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा गोल्डेन गेट कलेजका निर्देशक र शिक्षक पक्राउ गरेको छ । आयोगका अनुसार आज सञ्चालन गरिएको एमबिबिएसको प्रश्नपत्र खण्ड ‘क’ र ‘ख’को १०÷१० पाना विभिन्न परीक्षार्थीलाई दिलाइदिन्छु भन्दै रकम उठाएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । गोल्डेनगेट इन्टरनेसनल कलेजका निर्देशक देवीराम पाण्डे र शिक्षक प्रभातकुमार कुशवाहले नौ जना विद्यार्थीबाट रु १० लाख लिएको खुल्न आएको छ । आयोगले उनीहरुले प्रश्नपत्र दिँदै गर्दा रातोपुलबाट रङ्गेहात नै पक्राउ गरेको हो । यस्तै सोही कार्यमा संलग्न सोही कलेजका शिक्षक खेचरलाल सापकोटा, मध्यस्तकर्ता महेश्वरप्रसाद यादवसमेत सात जनालाई समेत आयोगले आजै पक्राउ गरेको छ । काठमाडौँका विभिन्न केन्द्रमा आज एमबिबिएसको परीक्षा सञ्चालन हुनु अगावै प्रश्नपत्र बाहिरिएको थियो । विद्यार्थीसँग रकम लेनदेन भएको सूचना आएपछि आयोगले विगत केही दिनदेखि नै सुक्ष्म अनुसन्धान गर्दै आएको थियो । चिकित्सा क्षेत्र अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा मन्त्रालयले छात्रवृत्ति प्रदान गर्ने ध्येयका साथ परीक्षा सञ्चालन गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको आयोगले जनाएको छ । शिक्षा मन्त्रालयले सञ्चालन गरेको एमबिबिएसअन्तर्गतको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको थाहा भएपछि आजको परीक्षा स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले प्रश्नपत्र सार्वजनिक भएको थाहा पाउनेबित्तिकै परीक्षा स्थगित गरेको र स्थगित गरिएको सो परीक्षा यही मङ्सिर २७ गते हुने बताउनुभयो । सो परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्डेनगेट कलेजका निर्देशक र शिक्षकलाई आज पक्राउ गरेको हो । आयोगका अनुसार सञ्चालन गरिएको एमबिबिएसको प्रश्नपत्र खण्ड ‘क’ र ‘ख’को १०÷१० पाना विभिन्न परीक्षार्थीलाई दिलाइदिन्छु भन्दै रकम उठाएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । गोल्डेनगेट इन्टरनेसनल कलेजका निर्देशक देवीराम पाण्डे र शिक्षक प्रभातकुमार कुशवाहले नौ जना विद्यार्थीबाट रु १० लाख लिएको खुल्न आएको छ । चिकित्सा क्षेत्र (नर्सिङ, फार्मेसी, फरेष्टीलगायत) अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा मन्त्रालयले छात्रवृत्ति प्रदान गर्ने ध्येयका साथ स्नातक तहको छात्रवृत्ति मनोनयनका लागि परीक्षा सञ्चालन गरेको हो । त्यसैबीच, गोल्डेनगेट इन्टरनेसनल कलेजका कार्यकारी प्रमुख रमेश सिलवालले प्रश्नपत्र सार्वजनिक गर्ने निर्देशक र शिक्षकलाई भोलि सञ्चालक समितिको बैठक बसेर निलम्बन गर्ने जानकारी दिनुभयो । उहाँले प्रश्नपत्र सार्वजनिक गर्ने कलेज नभएर व्यक्ति भएको हुनाले र दोषी ठहर भएमा कलेजले समेत निजहरुलाई कारबाहीका लागि आयोगलाई सघाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : hima[email protected]