एउटा संस्मरण झापामा स्वरसम्राट नारायणगोपाललाई दृष्टिहीनहरुबाट


dristi स्वरसम्राट नारायणगोपालको २४ औं स्मृति दिवसमा देशभर र विश्वभर विविध कार्यक्रम भए । यसैक्रममा झापामा समेत दृष्टिविहीनसहित संगीतपारखीहरुले उनको स्मरण गरेका छन् । स्मृति दिवसलाई झापाको गरामनिस्थित दुर्गा उच्च माविका दृष्टिविहीन बालबालिका तथा कलाकारले मनाएका छन् । गारामनी चोकमा आयोजना गरिएको स्मृतिसभामा दृष्टिविहीन बालबालिका तथा कलाकारले नारायणगोपालको गीत गाएर उनको स्मरण गरेका थिए । नयाँ पुस्ताले नारायणगोपाललाई बिर्से संगीत क्षेत्र नै अधुरो अपुरो हुने उनीहरुको भनाई थियो । दृष्टिविहीन गायक समिर अधिकारीले स्वरसम्राटका स्वरमा रहेको गीत यति धेरै माया दिई बोलको गीतबाट कार्यक्रम सुरु गरिएको थियो भने प्रमुख अतिथि बनेका गायक कुबेर राईले पोखिएर घामको झुल्का गीत गाएका थिए । कार्यक्रममा दृष्टिविहीन बालबालिकाले एक दर्जनभन्दा बढी गीत गाएका थिए । कार्यक्रमका संयोजक खिलप्रसाद शिवाकोटीले स्वरसम्राटको स्मरण गर्ने क्रमलाई निरन्तर अघि लगिने जानकारी दिनुभयो । नयाँ पुस्तालाई स्वरसम्राटको विषयमा जानकारी दिनु र उनका कालजयी रचनाका बारेमा थाहा दिनु नै सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाई छ । कार्यक्रममा दृष्टिविहीन छात्रछात्रा सागर अधिकारी र मेनुका पौडेलले हे कान्छा ठट्टैमा यो वैंश जान लाग्यो बोलको गीत गाएर माहोल सांगीतिक बनाउन थप मद्दत गरेका थिए । कार्यक्रममा नै एक लाख रुपैयाँको अक्ष्यकोष खडा गरिएको छ । जसले दृष्टिविहीन बालबालिकाहरुको वृत्तिविकासमा सहयोग गर्नेछ । कार्यक्रमलगत्तै दृष्टिविहीन बालबालिकाहरुलाई कब्बल लगायत लत्ताकपडा वितरण गरिएको थियो । कार्यक्रममै संगीत सर्जक फुर्वा योञ्जनलाई एक लाख ए हजार १ सय ११ रुपैयाँ नगदराशीको सम्मान पनि प्रदान गरिएको थियो । dristi1

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]