कोरोना भाईरसबाट बच्न सरकारी अभियानलाई साथ दिन एनआरएन अष्ट्रेलियाको आग्रह

अष्ट्रेलियामा कोरोना भाईरसको सन्त्रास बढिरहेको र सतर्कताका विभिन्न उपाय अपनाइएको बेला गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले पनि सरकारी निकायको अभियानमा साथ दिन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुंगले यो रोगका कारण हजारौं प्रभावित भइरहेको अवस्थामा अष्ट्रेलियाले आफ्ना नागरिकलाई बचाउनका निम्ति चालेको कदममा साथ दिन आग्रह गरेको हो । उसले नेपालबाट अष्ट्रेलिया भ्रमणमा आउँदा चीनको बाटो प्रयोग नगर्न समेत भनेको छ । एनआरएन अष्ट्रेलियाले यहाँ रहने नेपालीहरुलाई आफु र आफ्नो प्रियजनको ख्याल राख्न पनि अनुरोध गरेको छ ।