सबैको जीत हुने किसिमले संविधान निर्माण गर्ने प्रयत्नमा सरकार रहेको प्रधानमन्त्री कोइरालाको भनाई


sushilप्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा देखिएको गतिरोधको चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित उहाँको कार्यालयमा सहकारी ऐनको मस्यौदा ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले उक्त कुरा बताउनुभएको हो ।सो अवसरमा उहाँले आज बिहान सभामुखको उपस्थितिमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राजनीतिक सहमति तथा संवाद समितिका सभापति डा.बाबुराम भट्टराईसँग भएको भेटको प्रसङ्ग उठाउँदै आपूmले डा. भट्टराईलाई जुन विश्वास पाउनुभएको छ, त्यसलाई “सबैको वीन–वीन पोजिसन हुने गरी मिलाउनुपर्छ” भन्ने सुझाव दिएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले संवाद समितिले संविधानसभामा पठाउने र त्यहाँ पनि सहमतिको पूरा कोसिस गरिने पनि बताउनुभयो । शान्ति प्रक्रियाका हतियार व्यवस्थापन र लडाकु समायोजन जस्ता जटिल कार्य त सहजरुपमा सम्पन्न भएको बताउँदै प्रधानमन्त्री कोइरालाले प्रजातान्त्रिक मान्यताअनुरुप सबै कुरा हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले सहकारी असाध्यै ठूलो र महत्वपूर्ण संस्था भएको बताउँदै उहाँले जननायक बिपी कोइराला इजरायलको भ्रमणबाट फर्केपछि नेपालमा सहकारीको विकासको शुभारम्भ गर्नुभएको पनि बताउनुभयो । उहाँले पञ्चायत कालमा जनताको सहभागिताबिना सरकारी दबाबको भरमा सहकारी खोल्ने प्रयास भएकाले त्यो प्रयास सफल हुन नसकेको पनि बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशव बडालले आवश्यकता पूर्ति गर्ने हरेक व्यवसायलाई सहकारीको मोडलमा व्यवसाय सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो । अध्यक्ष बडाल र सहकारी विकास बोर्डका तर्फबाट उपाध्यक्ष सरोज शर्माले सो मस्यौदा बुझाउनुभएको थियो । प्रधानमन्त्री कोइराला सहकारी विकास बोर्डको पदेन अध्यक्ष पनि हुनुहुन्छ ।प्रधानमन्त्री कोइरालाले प्रतिवेदन ग्रहण गर्दै भन्नुभयो, “परिवर्तन अवश्यंभावी छ । मुलुक कोल्टे फेर्ने स्थितिमा छ । हामीले युवा पुस्ताका लागि पनि गर्नुपर्ने अवस्था छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]