ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !

अष्ट्रेलियाको भिक्टोरियाका सबर्बहरु ईपिंग र वालर्टमा बस्ने नेपालीहरुले आगामी अष्ट्रेलिया डेको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएका छन् । एक उत्सवकै रुपमा अष्ट्रेलिया डे मनाउने तयारी गरेको संस्थाले जनवरी २७ मा दिउँसो ३ बजेदेखि ७ बजेसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्न लागेको हो । अरोरा टाउन सेन्टर पार्क ईपिंगमा हुने कार्यक्रममा खेलकुद, संगीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ । बालबालिकाहरुको लागि रुमाल लुकाई, फेस पेन्टिंग जस्ता गतिविधि हुनेछन् भने वयस्कहरुको लागि लंग थ्रोईंग कम्पीटिसन, चुंगी कम्पीटिसन समेत राखिएको छ । ५० वर्षभन्दा बढी उमेर समूहहरुको लागि घैंटो फुटाउने कार्यक्रम लगायतका गतिविधि गरिनेछ । यस्तै स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति दिने तयारी गरेका छन् । सिटी अफ विटेल्सीको स्वीकृतिमा हुन लागेका कार्यक्रममा नेपालीहरु मात्र नभई अन्य समूदायलाई पनि निमन्त्रणा गरिएको छ ।