संविधानसभा विघटन गरी राजनीतिक सभा गर्न वैद्यको माग

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सहमतिका आधारमा संविधान निर्माण गर्ने हो भने राजनीतिकसभाको खाँचो रहेको धारणा व्यक्त गर्नुभएको छ । सो दलको थारुवान समितिद्वारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘राजनीतिकसभाका लागि सबैभन्दा पहिला संविधानसभा विघटन गर्नु आवश्यक छ ।’ अध्यक्ष वैद्यले संविधान निर्माण गर्ने नै हो भने राष्ट्रिय सहमतिको सरकार पनि गठन गर्नुपर्छ भन्नुभयो । आप्mनो दल फुट्नुलाई दुःखद् घटनाका रुपमा लिइएको बताउँदै त्यसले पार्टी सङ्गठनमा प्रभाव पारे पनि जनवादी क्रान्तिलाई अगाडि बढाउन सच्चा कम्युनिस्टलाई एकताको सूत्रमा बाँध्ने नै छ भन्नुभयो ।