बसमा अश्लिल हर्कत गर्ने चितवनका युवक पक्राउ

एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार संलग्न युवालाई महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको बताए । एक वर्षअघि डल्लु-लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि युवतीहरूको एक समूहले महाशाखा पुगेर सार्वजनिक यातायात महिलाको लागि सुरक्षित नभएको भन्दै दोषी पक्राउ गर्न उजुरी दिएका थिए ।

महाशाखाले फेसबुक मुख्यालयसँगसमेत सहयोग मागेको थियो । घटना र पक्राउ परेका युवकबारे थप जानकारी दिन महाशाखाले ११ बजे पत्रकार सम्मेलन गर्दैछ ।