पन्ध्रौं न्याभ कप क्रिकेट १२ जनवरीदेखि मेलबर्नमा आयोजना हुँदै !

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले हरेक वर्ष आयोजना गर्ने न्याभ कप क्रिकेटको १५ औं संस्करण जनवरी १२ तारिखदेखि सुरु हुने भएको छ । ७ क्लबका १० टिमले सहभागिता जनाएको यस प्रतियोगितामा हिमालयन क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, ब्रिलियन्ट क्रिकेट क्लब, हिमा अस क्रिकेट क्लब, न्याभ क्रिकेट क्लब सहभागी छन् । १२ तारिखबाट सुरु हुने प्रतियोगिता हरेक आईतबार प्रेस्टनको टीडब्लू ब्लेक पार्कमा गरिनेछ । प्रतियोगिताको फाईनल भिडन्त २३ फेब्रुअरीमा मध्यान्ह १२ बजेबाट हुने बताइएको छ ।