गोर्खा नेप्लीज कप प्रतियोगितामा युनाईटेड फुटबल क्लबको पाचौं पटक उपाधि कब्जा

मेलबर्नको गोर्खा नेप्लीज कप प्रतियोगिताको उपाधि युनाईटेड फुटबल क्लबले जितेको छ । हिमालयन टाईगर फुटबल क्लबसँगको फाईनल भिडन्तमा युनाईटेडले ६ गोल प्रहार गरेको थियो । जवाफमा हिमालयन टाईगरले एक गोल मात्र फर्काउन सक्यो । यो उपाधिसँगै गोर्खा नेप्लीज कपको उपाधि युनाईटेड फुटबल क्लबले पाचौं पटक उचालेको हो । क्लबका क्याप्टेन सजन थापामगर प्रतियोगिताको बेष्ट प्लेयर घोषित भए भने फाईनल खेलको म्यान अफ द म्याच उप कप्तान विश्व गुरुंग बनेका थिए । यस्तै युनाईटेड फुटबल क्लबले प्रतियोगितामा सबैभन्दा बढी १८ गोलको रेकर्ड समेत राखेको छ ।