यही तालले माघ ८ मा संविधान नआउने काँग्रेस महामन्त्री सिटौलाको भनाई


krishna sitaulaनेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेकै अवस्थामा माघ ८ मा संविधान निर्माण हुन नसक्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिटौलाले अहिलेको कार्यतालिकाअनुसार माघ ८ मा संविधान बन्न नसक्ने बताउनुभएको हो । उहाँले दलहरूको सहमतिमा कार्यतालिका परिवर्तन गरिएमा संविधान जारी हुन सक्ने पनि उल्लेख गर्नुभयो । संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई समितिमा पेस भएका विषयका आधारमा मात्र स्वविवेक प्रयोग गर्न दिएको प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]