युरोपको एस्टलभिल्ला टिममा नेपाली मूलकी अस्मिता आले खेल्दै !

युरोपको चर्चित फुटबल टिम एस्टल भिल्लाको महिला टोलीमा नेपाली मूलकी युवती अस्मिता आलेले खेल सम्झौता गरेकी छिन् । शुक्रबार गरिएको यो सम्झौतापछि उनी यस किसिमको व्यवसायिक फुटबल खेल्ने टिमको यो तहमा पुग्ने पहिलो नेपाली मूलकी युवती बनेकी छिन् । उनले सम्झौता समारोहपछि भनिन्, “यो हरेकका लागि सपना जस्तो कुरा हो । मेरो पनि सपना नै थियो । तर, यो साकार भएको छ ।”
टिमकी हेड कोच गिम्मा डेभिसले भनिन्, “अस्मितासँग निकै ठूलो क्षमता छ भन्ने कुरा नउनले प्रमाणित गरिसकेकी छिन् । हामीलाई पनि यो उत्साह थप्ने विषय बनेको छ ।” उनी बेलायतका अन्डर १९ फुटबलका कैयौं चरणहरु पार गर्दै यो अवसरका लागि छनोट भएकी हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?