पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको राजीनामा माग, दुई दिने अल्टिमेटम

पाकिस्तानको राजधानी इस्लामावादमा सरकार विरोधि प्रर्दशनले उग्र रुप लिएको छ । विपक्षी दलले सरकारका सडकमा मार्च पास गरिरहेका छन् ।आन्दोलनरत विपक्षि दलले प्रधानमन्त्री इमरान खानको राजिनाको माग सहित कडा प्रर्दशन जारी राखेका छन् । प्रधानमन्त्री खानले देश बेचेको तथा हालै भएको रेल दुर्घटनामा कयौ नागरिकको ज्यान जादापनि राजिनामा नदिएको भन्दै आन्दोलन चर्किएको हो ।देशभरका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका लाखौ कार्यकर्ताले प्रधानमन्त्री खानलाई घर जान वा राजिनामा दिन दुई दिनको अल्टीमेटन दिइसकका छन ।शहरका विभिन्न क्षेत्रमा कडा सुरक्षा दस्ता तैनाथ राखेको छ । विभिन्न ठाँउमा प्रहरी र प्रर्दशनकारीबिच मुडभेड भइरहेको छ ।