छोटो लुगा लगाएको भन्दै बिग बोसकी विजेता गौहर खानलाई चड्काए एक युवकले (भिडियोसहित)


gauharरियालिटी शो विगबोसकी विजेता गौहर खानलाई एक दर्शकले शुटिंगस्थलमै पुगेर थप्पड हिर्काएका छन् । एक शुटिंगको क्रममा उनलाई मुश्लिमको छोरी भएर पनि छोटो कपडा लगाएको र शरीर देखाएको भन्दै ति युवकले थप्पड हानेका थिए । यसपछि गौहर खानलाई नजिकै रहेका अन्य टेलिभिजनकर्मीहरुले सहायता गरेपनि उनी रुन थालेकी थिइन् । यसपछि युवकलाई तत्कालै प्रहरीले पक्राउ गरी अहिले हिरासतमा राखेको छ । मुख्यतः भारत र अन्य एशियाली देशहरुमा महिलाको अवस्था कस्तो छ भन्ने कुराको झल्को यस घटनाले पनि दिने सञ्चारमाध्यमहरुले जनाएका छन् । कस्तो लुगा लगाउने भन्ने विषयमा समेत आफैं निर्णय गर्ने अधिकार महिलाहरुलाई छैन त ? एउटा नयाँ बहस प्रारम्भ भएको छ । तर, गौहर खानले केही समय पछि फेरि शुटिंग सुरु गरेकी थिइन् । अचानक युवक स्टेजमा चढेर एक थप्पड लगाएर त्यहाँबाट भागेको थियो । तर, प्रहरीले निजलाई पक्राउ गरी कारवाही अघि बढाएको छ । भिडियोको लागि यहाँ क्लीक गर्नुहोस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]