२५ करोडमाथि लगार्न गर्ने विदेशीलाई भीआईपी परिचयपत्र दिँदै सरकार

नेपाल सरकारले विदेशबाट २५ करोडमाथि १ अर्बसम्म लगानी गर्ने लगानीकर्तालाई भीआईपी परिचयपत्र दिने नयाँ प्रावधान ल्याउने भएको छ । सरकारले एक अर्बभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्तालाई भिभिआइपी लगानीकर्ताको परिचयपत्र दिने प्रस्ताव गरेको हो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७६ मा सो व्यवस्था प्रस्ताव गरिएको हो।

नियमावली अनुसार यस्ता लगानी कर्तालाई आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्ने सुविधा हुनेछ ।

त्यस्तै २५ करोडसम्म लगानी गर्ने लगानीकर्तालाई सिंहदरबारमा सहज प्रवेश अनुमति दिइने पनि नेपाल सरकारले प्रस्ताव गरेको छ ।

पच्चिस करोड भन्दा बढी १ अर्बसम्मको लगानी गर्नेलाई विदेशी लगानीकार्ता भिआइपी विदेशी लगानीकर्ता परिचय पत्र दिइने भनिएको हो । यस्ता लगानीकर्तालाई द्रुत प्रक्रियाबाट सेवा सुविधा दिइने नियमावलीमा प्रस्ट्याइएको छ। यस्ता विदेशी ठूला लगानीकर्ताको लगानी नेपालमा हुन्जेलसम्म भीआईपी सुविधा प्राप्त हुनेछ ।