सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा, छानविनका लागि बाटो खोलेको भनाई !

नेपालको प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । एक महिलाले आफुमाथि महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउँदै निष्पक्ष छानविन गर्न माग गरेका छन् । उनले सांसद पदबाट समेत राजीनामा दिएका छन् । यसअघि नेकपाको सचिवालय बैठकले पनि उनलाई दुबै पदबाट राजीनामा दिँदा ठीक हुने सुझाव दिएको थियो । यसअघि नेकपाको शीर्ष नेताको बैठकमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सभामुख महरालाई नैतिकताका आधारमा आरोप लागिसकेपछि राजीनामा गर्नु नै उत्तम हुने सुझाव दिएका थिए । राजीनामा नदिएको अवस्थामा महाअभियोग लाग्नसक्ने अवस्था थियो ।
यस प्रकरणको विषयमा कृष्णबहादुर महराले पत्रकार सम्मेलन गरेर आफ्नो भनाई राख्ने बुझिएको छ । स्थान र समय तोकिएको छैन ।