दशैंमा अष्ट्रेलियाबाट आमाको सम्झना (भिडियोसहित)

आमाको काखबाट टाढा रहेको छोरोको आर्तनाद गायक उज्वल घिमिरेले सार्वजनिक गरेका छन् । अष्ट्रेलियाको मेलबर्नमा रही संगीत सिर्जनामा सक्रिय रहेका गायक उज्वल घिमिरेले मेक मनी रेकर्डमार्फत युट्युबमा सार्वजनिक गरेको हो । गीतमा यस पटक दशैंमा आमाको साथमा मनाउन देश फर्किने भावना प्रस्तुत गर्दैछन् गायक । निकै भावुक बनाउने गीतका शब्दहरु स्वयं घिमिरे र कमलले लेखेका हुन् । मिष्टा चाम्लिंगले रेकर्ड गरेको गीतको भिडियो मन्त्रा भीएफएक्स स्टुडियोले गरेको हो ।

यस्तो छ भिडियो –