वीरगञ्जमा १५ वर्षे किशोरीमाथि एसिड प्रहार गर्ने एकजना पक्राउ

फेरि नेपालमा एक दुखद घटना भएको छ । वीरगन्ज महानगरपालिका रेशमकोठीमा रहेको त्रिभुवन उच्चमाविमा कक्षा ९ मा अध्ययनरत एक किशोरीलाई एसिड प्रहार भएको छ । शुक्रबार विहान भएको घटनामा छपकैया९२ निवासी १५ वर्षीया मुस्कान खातुनमाथि दुई युवाले एसिड प्रहार गरेको हुन् । घटनामा किशोरीको शरिरको एक भाग जलेको छ । एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा घाउ भएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। गल्लीमा रहेको एक सैलुनमा पहिलादेखि नै ढुकेर बसेका दुई जना युवाले छात्रामाथि एकाएक एसिड प्रहार गरी भागेको स्थानीय बासिन्दाले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार ती छात्रा सोही बाटो भएर दैनिक विद्यालय जाने गरेको थिइन। बिहान करिव साढे ६ बजेको समयमा विद्यालय ड्रेसमा नै रहेको अवस्थामा उनी माथी एसिड प्रहर भएको हो ।
खातुन कराउन थालेपछि स्थानीयले अस्पतलमा पुर्‍याएको बताएका छन्। घटनामा संलग्न आरोपमा छपकैया निवासी समसाद मियाँलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।