सिड्नीबाट एक अर्ब अस्ट्रेलियाली डलरभन्दा बढीको लागु पदार्थ पक्राउ


drugsअस्ट्रेलियाली प्रहरीले मुलुकको इतिहासमा सबैभन्दा बढी लागु पदार्थ पक्राउ पर्दा छ व्यक्तिमाथि अदालती कारवाही चलाइएको जानकारी दिएको छ । उक्त लागु पदार्थ एक अर्ब २८ करोड अमेरिकी डलर अर्थात एक अर्ब ५० करोड अस्ट्रेलियाली डलर बराबर भएको बताइएको छ । अस्ट्रेलियाको सङ्घीय प्रहरीले छ व्यक्तिले तीन टन एमडीएमए तथा कडा बनाइएको मेथामफेटामिन सिड्नी तर्फ ल्याइरहेको समयमा पक्राउ गरिएको जानकारी दिएको छ । उक्त लागु पदार्थ भन्सार अधिकारीहरूले जर्मनीबाट जहाजमा ल्याइएको एक कन्टेनरमा रहेको अवस्थामा फेला पारेको बताइएको छ । उक्त कन्टेनरमा फर्निचर तथा सङ्केत नभएका बाकसहरू रहेको जानकारी दिइएको छ । यो अस्ट्रेलियाको इतिहासमा दोस्रो सबैभन्दा बढी लागुपदार्थ पक्राउ परेको घटना हो । यसले कानुन लागु गर्ने संस्थाहरू लागु पदार्थ मुलुकमा ल्याउन नदिन कडा प्रयास गरिरहेको देखाएको आयुक्त एन्ड्रु कोलभिनले बताउनुभयो । अधिकारीहरूले लागु पदार्थ फेला पारेपछि उनीहरूले उक्त सामानलाई सिड्नीको पश्चिमी भागमा रहेको ठेगानामा पुग्न दिएको र त्यहाँबाट छ व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिइएको छ । यी बाकस लिन चाहने सबै व्यक्ति अस्ट्रेलियाका वासिन्दा भएको बताइएको छ । अस्ट्रेलियाको भन्सार तथा सीमा सुरक्षा सेवाका प्रमुख कार्यकारी रोमन क्वेडभालिगीले यी लागु पदार्थ गम्भीर सङ्गठनात्मक समूहले भित्र्याएको बताउनुभयो । यस अपराधका लागि २३ देखि ३४ वर्ष उमेर समूहका छ व्यक्तिमाथि आरोप लगाइएको छ । उनीहरूलाई आजीवन कारवासको सजाय हुनसक्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]